शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएपछि अस्पताल भर्ना

तुलसीपुर २८ फागुन

नेकपा नेतृ शान्ता चौधरीलाई एक्कासी अस्पताल भर्ना गरिएको छ । तुलसीपुर स्थित सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लरबराएर ढलेपछि उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको नेतृ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभो । नेतृ चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखीएको छ । कार्यक्रम स्थलबाट प्रादेशीक अस्पतालको दुरी करिब डेढ किलोमिटर टाढा छ । ढले लगत्तै बेहोस भएकी चौधरीको प्रारभीक उपचार पछि होस भने खुलेको छ ।नेतृ चौधरीको उपचारमा संलग्न डा. पदमराज अधिकारीले रिर्पोट आएपछि मात्रै उहाँको समस्याकाबारेमा भन्न सकिने बताए ।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया