मन्दिर निर्माण गर्न अध्यक्षले दिए ४० हजार

तुलसीपुर, २७ फागुन
तुलसीपुर उपमहानगरपालिका – ६ गाइडरमा दुर्गा भगवती मन्दिर निर्माणका लागि वडाध्यक्ष नवराज लामीछाने ले ४० हजार पाँच रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय आमा डोमाकुमारी र बाबु बासुदेव लामीछानेको सम्झानमा तुलसीपुर उपमहानगरपालिका– ६ का वडाध्यक्ष लामीछानेले र उहाँकी धर्मपत्नी निशा लामीछानेले दुर्गा भगवती मन्दिर निर्माणका लागि संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

यसैविच स्थानीयहरुले पनि मन्दिर निर्माणका लागि पाँच हजार देखि १५ हजार रुपैयाँ सम्म सहयोग गर्ने प्रतिवद्धताम व्यक्त गरेका थिए । यसैविच मन्दिरको सोमबार एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । वैदिक परम्परा अनुसार मन्दिरको शिलन्यास गर्दै वडाध्यक्ष नवराज लामीछानेले धर्मले मान्छेलाई अनुशासित र मर्यादित बनाउने बताउनुभयो ।

त्यसैगरी अन्य वक्ताले पहिलो पटक सरकारी लगानी विना मन्दिर निर्माण गर्न लागेको भन्दै वडाध्यक्ष र स्थानीयको प्रशंसा गरेका थिए । समुदाय एकजुट भयो भने जस्तौसुकै काम पनि सहज रुपमा गर्न सकिन्छ भन्ने उदाहरणको सिको अन्य वडाले पनि गर्न सके समाज रुपमान्तरणमा सेवा पुग्ने उनिहरुले बताए ।

मन्दिर निर्माण समितिका अध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका कार्यपालिका सदस्य अमर नेपाली (माइकल) ६ का वडा सदस्यहरु त्रय यमुना परियार, बर्षात भण्डारी (दुजमान) युवा करारा, राप्ती बाल एक्याडेमीका प्रधानाध्यापक ठाकुर डिसी, कांग्रेसका अरुण लहरे, लिलाधर लम्साल, एन्जीयो फेड्रेसनका अध्यक्ष नानीमैया वली, गुरु प्रसाद लम्साल, ध्रुवराज केसी, लगाएतले आ–आफना धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मन्दिर निर्माण समितिका सचिव डिल्लीराज लामीछानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार
प्रतिक्रिया