सिकेलाइ पक्राउ गर्न राप्रपाका अध्यक्ष थापाको माग

तुलसीपुर, २७ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चन्द्रकान्त झाँ सिके रावतलाई पक्राउ गर्न सरकारसंग माग गरेका छन् । दाङको तुलसीपुर स्थित वीरेन्द्र चोक स्थित सडकमै रिपोर्टर्स क्लव दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थपाले सिकेले अहिले पनि विखण्न्डनको नारा नछोडेको भन्दै तत्काल पक्राउ गर्न सरकारसंग माग गरेका हुन् ।

‘आइतबार जनकपुरमा रावत पुग्दा राष्ट्र विखण्डनको नारा लगाइयो, प्लेकार्ड र व्यानर बोकेर प्रदर्शन गरियो । यसको राप्रपाले घोर भ्रत्सना गर्दछ ,’ अध्यक्ष थपाले भने ‘सरकारको सुरक्षा घेराभित्रै यस्ता खालका असंवैधानीक गतिविधि हुनु र सरकार पनि मौन बस्नुले जनतामा आंसका पैदा भएको छ ।’

आफनो अभिष्ट पुरा गर्न सम्झौताको नाममा सिकेले रणनैतिक रुपमा आफनो ऐजेन्डा अघि बढाएको बताउदै थपाले सरकारले स्पष्ट धारण सार्वजनिक गर्न माग गरे ।अध्यक्ष थपाले सम्झौतालाई अन्तराष्ट्रिय करण गर्नुका साथै सरकार पनि बिखण्डनको मुद्दालाई जनअभित वा जनमत संग्रहबाट टुङ्गो लगाउन तयार रहेको भन्दै संसारभर प्रचारबाजी गरेर आफनो पक्षमा साहनुपभुति बटुलेर जनतालाई भ्रममा पार्ने चालबाजी गरेको बताउनुभयो । पत्रकार सम्मेलन कल्वका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार
प्रतिक्रिया