२०८३ असोज ५ गते सोमवार

रक्त सञ्चार सेवा सञ्चालनका लागि सम्बाद

सुशील बस्नेत दाङ,२६ चैत रक्त सञ्चार केन्द्र सञ्चालनका बिषयमा राप्ती अञ्चल अस्पताल तुलसीपुर र नेपाल रेडक्रस सोसाईटी दाङ बीचको बिबाद समाधानका लागि संबाद प्रक्रिया शुरु गरिएको छ ।  सम्बाद समूह क्षेत्रीय सचिबालय तुलसीपुरले राप्ती अञ्चल अस्पतालका प्रतिनीधि र नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिका पदाधिकारीलाई एकठाँउमा राखि सम्बाद प्रक्रिया शुरु गरेको हो । अस्पतालको परिसर भीत्र रक्त सञ्चार केन्द्र सञ्चालन गर्ने यस अघिको बिभिन्न बुँदामा भएको सहमति कार्यान्वयन हुन नसक्केपछि रेडक्रस र अस्पताल बीच बिबाद चुलीएको थियो । संम्बाद प्रक्रिया सम्म पुग्न नसकेका दुबै पक्षलाई एकै ठाँउमा राखि सम्बाद सुरु गरिएको सहजकर्ता सुशील बस्नेतले जानकारी दिए । २०६८ सालमा राप्ती अञ्चल अस्पताल परिसरबाटै रक्त सञ्चार सेवा सुरु गर्ने गरि नेपाल रेडक्रसले प्रक्रिया शुरु गरेको थियो । अस्पतालले आफ्नो स्वामित्वमा रहेको डेढ कठ्ठा जग्गा रक्त सञ्चार केन्द्र सञ्चालनका लागि भोगाधिकार दिने सहमति गरेको र पछि कार्यान्वयन नभएको रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यले जानकारी दिए । अस्पताल बिकास समितिको तर्फबाट अध्यक्ष बिष्णुकुमार देबकोटा र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिहले अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्नूपर्ने आबश्यक्ताका बारेमा चर्चा गरेका थिए । उनिहरुले सरकारी नीतिगतलाई मध्यनजर गर्दै त्यसकै परिधिमा रही आबश्यक प्रक्रिया शुरु गर्न सकिने बताए ।
प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।