दाङ टेक्नीकल इन्स्टिच्युटको बार्षीक उत्सव

तुलसीपुर,२५ फागुन 

दाङ टेक्नीकल इन्स्टिच्युटको २१ औ बार्षीक उत्सव तुलसीपुरमा सम्पन्न भएको छ । बार्षिक उत्वसलाई सम्बोधन गर्दै सिटिभिटी प्रदेश ५ का उपनिर्देशक यादव सुवेदीले पछिल्लो पुस्ताको स्वास्थ्य प्रतिको आकर्षणले मातृ मृत्यु तथा शिशु दरमा कमी आएको बताउनुभयो । प्राविधिक शिक्षालयहरुले उत्पादन गरेका दक्ष स्वास्थ्यकर्मीहरु विभिन्न गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा प्रभाह गरेकाले मृतु दरको संख्यामा कमी आएको सुवेदीले बताउनुभयो ।
‘पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधार हुदै गएको छ,’ उपनिर्देशक सुवेदीले भन्नुभयो – आवश्यकता र खाँचो भएको ठाउँमा उत्पादीत नयाँ जनशक्तिले आवश्यकता परिपूर्ति गरेका छन् ।’ राम्रो शिक्षालयबाट मात्रै योग्य र दक्ष जनशक्ति उत्पादन हुने भन्दै उहाँले समयानुकल शिक्षालयले आफुलाई परिमार्जन र परस्कृत गर्दै लगेमा मात्रै नयाँ प्रविधिलाई अलम्बन गर्न सकिने बताउनुभयो ।

सो अवसरमा बोल्ने अन्य वक्ताहरुले प्राविधिक शिक्षाको विकास भएका देशहरु हरेक दृष्टिकोणले अगाडी फड्को मारेको बताएका थिए । नेपालमा पनि प्राविधिक शिक्षाको विकासले तिब्र गति लिएको बताउदै सिपलाई व्यवहारमा लागु गर्न सके यसको महत्व झनै बढ्ने बताए ।
दाङ टेक्नीकल इन्स्टिच्युट संचालक समितिका अध्यक्ष यशोदा कुमारी गौतमको अध्यक्षामा भएको कार्यक्रमा पढाई पुरा गरेर जान लागेका विद्यार्थीलाई विदाई र आगन्तुक विद्यार्थीलाई स्वागत समेत गरिएको थियो ।

सोअवसरमा निजी प्राविधिक शिक्षालयका केन्द्रिय उपाध्यक्ष अरुण कुमार पाण्डे, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख गोकर्ण दहाल, कार्यपलिका सदस्य दिपक कुमाल, राप्ती प्रादेशीक अस्पतालका निमित्त प्रमुख पदमराज अधिकारी, इन्स्च्युटका म्यानीजीङ डाइरेक्टर दोर्ण वली, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, राप्ती लाइफ केयर हस्पटीलका प्रशासन प्रमुख जीवन भण्डारी, शिक्षालय प्रमुख रेखा बुढा, कल्पना सुनार लगाएते शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा जेहन्दार छात्रा लक्ष्मी खड्का र छात्र टेकराज केसीलाई पुरस्कृत गरिएको थियो भने अघिल्लो बर्ष पढाइ पुरा गरे लगत्तै लोकसेवामा नाम निकाल्न सफल पूर्व विद्यार्थी नबराज भण्डारीलाई सम्मान गरिएको थियो । इन्स्टिच्युटका भ्वाइस प्रिन्सीपल युवराज वलीले सहजीकरण गरेको कार्यक्रममा विभिन्न गित तथा नृत्य प्रस्तु गरिएको थियो । इन्स्टिच्युटले सि.एम.ए र ल्याब सम्बन्धि विषयमा बढाउदै आएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार
प्रतिक्रिया