चोरी गर्दैगर्दा भारतिय नागरिक तुलसीपुरमा पक्राउ

तुलसीपुर २४ फागुन
दाङको तुलसीपुरमा भारतीय नागरिक चोरीगर्दा गर्दै रंगैहात पक्राउ परेका छन् । तुलसीपुर ९ बेलुवाको जनक शाहीको घरमा कोही नभएको मौका छोपी ढोकामा लगाएको ताला फोडी चोरी गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका भारत बिहार, जिल्ला मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं.७ बस्ने बर्ष २६ को किस्मत महतो, सोही ठाउँ निबासी बर्ष ३० को शेख साहजत मध्ये किस्तम महतोको साथबाट नगद र गरहगहना बरामद गरिएको छ ।
पक्राउ परेकाबाट प्रहरीले ६८ हजार ६ सय ३० रुपैयाँ, छड्के तिलहरी एक थान, मंगलसुत्र एक थान , बाला ३ थान, झालर २ थान,े औठी एक थान, छापे औठी एक थान बरामद गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया