तीन दशक पछि इलाका प्रशासन आफनै भवणमा बस्दै

ओपेन्द्र बस्नेत, तुलसीपुर २४ फागुन ।
इलाका प्रशासन कार्यालय तुलसीपुरको भवण निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी जुद्ध एण्ड पूर्ण निर्माण सेवाका प्रोपाईटर पुर्णबहादुर भण्डारीले ८० प्रतिशत काम पुरा भइसकेको बताउनुभयो । २५ असाढ २०७६ मा निर्माण कार्य पुरा गर्ने गरी निर्माण सेवाले २५ असाढ २०७४ बाट कामको थालनी गरेको हो । २४ कोठाको ढाईतले भवन निर्माण गर्न भ्याट बाहेक २ करोड ४९ लाख १० हजार २ सय ३ रुपैयाँमा ठेक्का लिएको प्रोपाईटर भण्डारीले बताउनुभयो ।

अलमुनियमका झयाल, ढोका र पेन्ट गर्ने काम बाकी भएकाले त्यो पनि असार महिना सम्म पुरा गरेर इलाका प्रशासनलाई हस्तान्तरण गर्ने तयारीमा निर्माण कम्पनी लागेको छ । निर्माधिन इलाका प्रशासनको भवन राप्ती प्रादेशिक अस्पालको अगाडी छ । तीन दशक देखि भाडामा बस्दै आएको इलाका प्रशासन अहिले पनि तुलसीपुर–९ दोघरेमा भाडामा बस्दै आएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया