अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाण्डाै, २४ फागुन । 

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ ।

दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् । सरकार र विभिन्न राजनीतिक दलहरुले समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा महिला र पुरुषको समान ज्याला वा समानताको रुपमा हेरिएको सो दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया