तुलसीपुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनको उद्घाटन

तुलसीपुर, २३ फागुन
तुलसीपुरमा पहिलो पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको स्थापना गरिएको । दाङ सहित सल्यान, रोल्पा, पूर्वी रुकुम र प्युठान जिल्ला हेर्ने गरी डिभिजनको स्थापना गरिएको हो । यस अघि जिल्ला प्रशासनमा एक जना खाद्य निरीक्षकको दरवन्दी रहने गरी इकाईको स्थापना गरिएको थियो । संघिय संरचना अन्र्तगत दाङ सहित २४ जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको स्थापना गरिएको छ । डिभिजनमा एक जना अनुसन्धान अधिकृत, दुइ जना प्राविधिक साहयक र एक जना कार्यालय सहयोगी सहित हालका लागि ४ जनाको दरबन्दी रहेको छ ।
खाद्य ऐन २०२३ र पशुपंक्षीका लागि दाना ऐन २०३३ लाई अबलम्बनगरी यसको कार्यान्वयन तथा नियमण गर्ने उद्देश्ले कार्यालयको स्थापना गरिएको कार्यालयका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विवेक बन्जाराले बताउनुभयो ।
डिभिजनले पाँचै जिल्लामा नियमित एवम् आकस्मिकरूपमा बजार तथा उद्योगको अनुगमण तथा निरीक्षण, तोकेको मापदण्ड अन्र्तगत खाद्य र दानाको उत्पादन तथा विक्रिवितरणको गुणस्तरसम्बन्धी अनुसन्धान, न्यून गुणस्तरका खाद्य वस्तुहरूका नमूना सङ्कलन, सङ्कलित नमूनाहरूको प्रयोगशाला विश्लेषण, विश्लेषणबाट प्राप्त नतिजाहरूको आधारमा न्यून गुणस्तर वा दूषित देखिएकोमा प्रचलित खाद्य तथा दाना ऐन नियमअनुसार कानूनी कारवाही गर्ने बताएको छ । यसैविच कार्यालयको आज एका कार्यक्रमका विच उद्घाटन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिका प्रमुख घश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी गोबीन्द रिजालले संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया