बन्द गराउदै हिड्ने नेकपाका एक कार्यकर्ता सल्यानमा पक्राउ

तुलसीपुर,२३ फागुन ।
बन्द गराउदै हिड्ने नेकपाका एक कार्यकर्ता सल्यानमा पक्राउ परेका छन । फक्राउ पर्नेमा सल्यान दार्मा गाउपालीका ५ निवासि अन्दाजि २१ बर्षका मदन केसी बैज्ञानिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको श्रीनगर आसपासमा सवारी साधन रोकि चाबि खोस्ने कार्य गरिरहेको बेला उनलाई पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिएका छन ।।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया