पश्चिम दाङको गंगटेमा भोली र पर्सी शिबिर चल्दै

तुलसीपुर,२३ फागुन
ईलाका प्रशासन कार्यालय र बबई गाउँपालिकाको संयुक्त आयोजनामा पश्चिम दाङमा घुम्ती शिविर संचालन हुनेभएको छ । विकट ठाउँमा रहेका स्थानीयबासीलाई सहज रुपमा सेवा पु¥याउने उद्देश्यले गाउँमै पुगेर नागरिता सम्बन्धी सेवा दिन लागीएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो । शिबिर बबै गाउँपालिका १ गंगटेमा भोली र पर्सी दुई दिन सम्म संचालन हुने छ । यसैविच कार्यालका प्रमुख टण्डनले आवश्यक काजगत लिएर शिबिर आएर सेवा प्राप्त गर्न स्थानीयबासीलाई आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया