बन्दका कारण राप्तीको जनजीवन प्रभावीत,सल्यानमा ट्रक र जीपमा तोडफोड

तुलसीपुर,२३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले आज गरेको एक दिन राप्ती बन्दका कारण दाङ सहित पहाडी जिल्लाको जनजीवन कष्ठकर बनेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन संचालनमा नआउँदा गन्तव्यमा हिडेका यात्रुहरु अलपत्र परेका छन् । संभावित तोडफोड र आगजनी रोक्न विहानै देखि दाङका विभिन्न सडक , चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । त्यसैगरी बजारका पसल, कलकारखाना, शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् ।

त्यसैगरी छिमेकी जिल्ला सल्यान, रोल्पा, रुकुम, र प्युठानमा पनि बन्दको प्रभाव परेको त्यहाँका सुरक्षा प्रमुखरुले तुलसीपुर खबरलाई जानकारी दिएका छन् । बन्दका कारण त्यहाँको जनजीवन पनि प्रभावित बनेको छ । त्यसैगरी लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आउन सकेका छनन् । दाङको तुलसीपुरमा कार्यक्रम स्थलबाटै पक्राउ परेका पार्टीका सदस्य प्रदिप वली, इश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइको माग गर्दै बन्द गरिएको हो । बन्द विहान ५ देखि साँझ ६ बजे सम्म गरिने बताइएको छ ।

यसैविच बन्दको अबज्ञा गरेको भन्दै सल्यानको सल्यखोलामा सवारीसाधनमा तोडफोड गरिएको छ । श्रीनगरबाट दाङ जाँदै गरेको ना४ख ६३३८ ट्रक र लु२ ख २७२५नम्बरको बलेरो जीपमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गीरीराज भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते बिहिवार
प्रतिक्रिया