नेपाल बैङकको फोहर सडकमा 

घोराही, २१ फागुन
नेपाल बैङक शाखाका कार्यालय दाङले कार्यालयबाट निश्कने फोहर सडक र चोकमा फाल्ने गरेको पाईएको छ । कार्यालयले बैङ्कबाट आएको फोहर घोराही स्थित नेपाली सेनाको ब्यारेक हुदै वसपार्क र शहिदमार्ग जाने सडकमै फोहर फाल्ने गरेको स्थानीय हरुले वताएका छन् । बैङ्कले भाचिएका कुर्चि,टेवल,प्लाष्टिकका पुराना कवार्ड,विग्रीएक कम्युटर,माउस, पुराना कागजपत्र,भौचार लगाएतका सामाग्री सडकमै फाल्ने गरेको स्थानीयहरुले वताएका हुन ।

स्थानीयहरुले साप्ताहिक रुपमै सडक र टोल –टोलको सरसफाई गरेपनि वैङ्कले घर अगाडी फोहर फाल्दा समस्या भएको स्थानीय भिमबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया