माओवादीका ३ नेता कार्यक्रम स्थलबाटै तुलसीपुरमा पक्राउ

तुलसीपुर २१ फागुन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेतालाई प्रहरीले तुलसीपुरमा कार्यक्रम स्थलबाटै पक्राउ गरेको छ । पार्टीका जिल्ला सदस्य प्रदीप वली, सचिवालय सदस्य इश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरको विएस पार्टी प्यालेसमा पार्टीले आयोजना गरेको सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रम स्थलबाटै उनिहरुलाई पक्राउ गरिएको हो । कार्यक्रम सकेर बाहिरीने क्रमममा प्रहरीले पक्राउ गरेको पार्टीले जनाएको छ ।

तुलसीपुर प्रहरीको सहयोगमा प्रहरीले तीन जना नेतालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा दाङमा राखीएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङले घुमाउरो पाराले पक्राउ गरेको स्वीकार गरेको छ । पक्राउ गरेको हुन सक्ने भए पनि पक्राउ गरिसकेको जानकारी आफुलाई नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिुनभयो । कति पय कुराहरु थाहा भएर पनि बोल्न नमिल्ने भन्दै प्रहरी उपरीक्षक पाण्डेले उनिहरुलाई जिल्लामै राखेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २१ गते मङ्गलवार
प्रतिक्रिया