आयुर्वेदको योगदान महत्व पूर्ण छ : मेयर चौधरी

तुलसीपुर २० फागनु

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले आयुर्वेद क्षेत्रको योगदान महत्व पूर्ण रहेको बताएका छन् । स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो धन, स्वस्थ रहे समृद्ध हुन्छ जीवन भन्ने सुलोगन सहित आज देखि संचालनमा आएको विकल्प आयुर्वेद हेल्थ सेन्टरको घोराहीमा उद्घाटन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समय नागरिकहरु आयुर्वेद तर्फ आकर्षीत भएकाले सेवालाई थप गुणस्तरीय बनाउन सुझाव दिए । ‘मान्छेले गुणस्तरीय सेवा खोजीरहेको छ,’ नगर प्रमुख चौधरीले भने ‘ डाक्टर सहितको राम्रो उपचार, सेवा र परामर्श दिनुस तपाईलाई खोज्दै मान्छेहरु आउँछन् ।’
नगर प्रमुख चौधरीले नाफामुखी मात्रै भन्दा पनि सेवा तर्फ ध्यान दिनु पर्ने सुझाव दिए । विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिका अध्यक्ष अकाश थापाको अध्यक्षमा भएको कार्यक्रममा दाङ उद्योगबाणिज्य संघका अध्यक्ष नारायण भुसाल, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणी पाण्डे, लक्ष्याबहादुर विक लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण गोापाल आचार्यले गरेका थिए ।

१५ लाख लागतमा संचालनमा आएको हेन्थ सेन्टरमा विभिन्न रोगको आयुर्वेद पद्धतीद्धारा उपचार सहित पञ्चकर्म, क्षार सुत्र विधि, जीवन शैली परिवर्तन, परामर्श लगाएतका सेवा उपलब्ध गराईने संचालक केशव न्यौपानले जानकारी दिए । हेन्थ सेन्टरको शाखा दाङमा पाँचौ हो । यस अघि चीतवन, पोखरा, काठमान्डौ र धनगडीमा खोली सकिएको संचालक न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया