मगर युवा संघ तुलसीपुरको अध्यक्षमा घनश्याम पुन

तुलसीपुर, १९ फागुण । संघीयता समानता र पहिचान सयुक्त मगरात युवाहरुको अभियान भन्ने नाराका साथ नेपाल मगर युवा संघ तुलसीपुर नगरको प्रथम अधिबेशन तुलसीपुरमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले घनश्याम पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा निमकान्त बुढा मगर, सह उपाध्यक्षमा धर्मदिप पुन मगर, सचिबमा रबि पुन मगर, कोषाध्यक्षमा भुमिका बुढा मगर र सह सचिबमा लेखराज घर्ती रहेका छन् ।
यस्तै सदस्यहरुमा पृतम पुन ,तिल बहादुर पुन, राहुल पुन, दिपक पुन, मनिष रोका, जनक बुढा, प्रदिप घर्ती रहेका छन् । यस्तै सलाहकारहरु प्रकाश घर्ती मगर, पुष्प जि. एम.,श्री रोका र प्रेस सल्लाहकारमा एच.आर. मगर रहेका छन् ।
तर्दथ समितिका अध्यक्ष घनश्याम पुन मगरको अध्यक्षतामा एवं नेपाल मगर संघको केन्द्रिय उपाध्यक्ष गुरु प्रसाद घर्ति मगरको प्रमुख आतिथ्यतामा अधिवेशव सम्पन्न भएको हो । यस्तै अधिवेशनले तुलसीपुर १६ मा नेपाल मगर युवा संघ वडा कमिटि गठन गरेको छ ।
प्रेम पुनको अध्यक्षता एवं राम कुमार घर्तीको प्रमुख आतिथ्यतामा भएको भेलाले खड्क पुन मगरको अध्यक्षतामा वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा प्रबित्रा बुढा, सचिबमा सुस्मिता पुन,कोषाध्यक्षमा टोप बहादुर राना रहेका छन् । यस्तै सदस्यहरुमा सरस्वती पुन,प्रबित्रा पुन, सरिता घर्ती,भुमि बुढा र मन कुमारी पुन चयन भएका छन् । यस्तै समितिको सल्लाहकारहरुमा प्रेम पुन,गेहेन्द्र घर्ती र आषाराम पुन चयन भएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया