अभिभावकले पढ्ने वातावरण मिलाउनुपर्छ :मेयर पाण्डे

तुलसीपुर १७ फागनु
माध्यामिक विद्यालय अश्वाराले विद्यालयमा स्थापना गरेका विभिन्न अक्षय कोषबाट यहा अध्यनरत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेद्धारा स्थापना गरिएको टेक अमृता अक्षयकोषबाट २०७४ सालको एसइइ परीक्षामा प्रथम भएका छात्र ललित बुढाथोकी र छात्रातर्फ विन्दु शमालाई पुरस्कृत गरिएको छ । पाण्डेले स्थापना गरेको अक्षयकोषको राशी एक लाख एघार हजार एक सय ११ रुपैयाँको छ ।

विद्यालयका पूर्व विद्यार्थी तथा पत्रकार ओपेन्द्र बस्नेतले परिवारको तर्फबाट स्थापना गरेको वुद्धिमान तथा रामकुमारी असाय अक्षयकोषबाट रोहित बस्नेत र विनिता केसीलाई सम्मान गरिएको छ । त्यस्तै पत्रकार बस्नेतले १५ हजार रहेको अक्षयकोषको राशीलाई बढाएर ४५ हजार पु¥याउनु भएको छ । त्यसैगरी विद्याल व्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाहले स्थापना गरेको रामराजा शाह परिवार अक्षयकोषबाट आर्यन बस्नेत, शिक्षक असोकुमार लामीछाने स्थापना गरेको निरु बाल साहित्य सृजना साहित्य अक्षयकोषबाट रेखा चन्द र उमेशचन्द्र मजगैयाले स्थापना गरेको बुद्धितिलका अक्षयकोषबाट मनोज जैशी, गंगा विकलाई पुरस्कृत गरिएको छ ।

विद्यलय व्यवस्थापन समितिका सदस्य लिलामणी गौतमको सभापत्वि एवम् तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले विद्यार्थीको पठनपाठनका लागि अभिभावकले पढ्ने वातावरणको सृर्जना गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका सदस्य शिवहरी भण्डारी, विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपाने लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक खगेन्द्र काफलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया