हात्तिपाईले रोग विरुद्ध औषधी खुवाउने कार्यक्रम स्थगित

तुलसीपुर, १६ फागुण । दाङ सहित १५ जिल्लामा बुधवार देखी सुरु गरिएको हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम विहिवार तुलसीपुर क्षेत्रमा स्थगित भएको छ । बुधवार भएको हेलिकोप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा राष्टिय शोक मनाउने भन्दै औषधी खुवाउने कार्यक्रम स्थगित गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिएका छन् । विहिवार नगरका सवै वडामा स्वास्थ्यकर्मिलाई सम्पर्क गरी औषधी खुवाउने कार्यक्रम स्थगित गर्न अनुरोध गरीएको उनले बताएका छन् ।
राष्टिय अभियानकै रुपमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान अन्र्तगत बुधवार दाङका विभिन्न स्थानमा तोकिएको बुथबाट औषधी खुवाउन सुरु गरिएको हो । विहिवार पनि विद्यालय तथा घरघरमा पुगेर औषधि खुवाउने कार्यक्रम भएपनि राष्टिय शोक तथा सार्वजनिक विदा भएकले स्थगित गर्नुपरेको उनको भनाई छ । विहिवार खुवाउने भएको औषधी आईतवार खुवाईने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार
प्रतिक्रिया