हेलिकप्टर दुर्घटना : बाँकी तीन शव उद्धारको तयारी,सातैजनाको शव आज काठमाण्डौ पठाइने

ताप्लेजुङ, फागुन १६ । 

हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव आज काठमाण्डौ पठाइने भएको छ । दुर्घटनास्थलबाट चारवटा शव हिजो बेलुका सुकेटार विमानस्थलमा ल्याइएको छ । बाँकी तीनवटा शव आज दुघर्टनास्थलबाट सुकेटार ल्याउने र त्यहीँबाट हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी रहेको ताप्लेजुङ्गका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाँ नेतृत्वमा ५० जना सुरक्षाकर्मीको टोली हिजोदेखि नै घटनास्थलमा खटिएको छ । मौसम हिजोभन्दा केही सुधार भएकाले आज शव पठाउन सकिने विश्वास गरिएको डीएसपी थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार
प्रतिक्रिया