टरीगाउँमा जहाज चलाउने पर्यटनमन्त्रीको निधन

तुलसीपुर , १५ फागुन

टरीगाउँ एयरपोर्टमा नियमित जहाज चलाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको हो । भदौ ३१ गते पहिलो पटक टरीगाउँ एयरपोर्टको हवाई मैदानमा भएको कार्यक्रममा मन्त्री अधिकारीे तिहार लगत्तै हवाई सेवा नियमित बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेको निरन्तर पहलकदमी पश्चात पर्यटनमन्त्री अधिकारीको निर्देशनमा नेपाल एयरलाइन्सको विमानले उडान भर्न सुरु गरेको हो ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेका हो ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया