हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु

तुलसीपुर, १५ फागुण । दाङ सहित १५ जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको छ । राष्टिय अभियानकै रुपमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको हो । यता तुलसीपुर उपमहानगरपालिकामा औषधी खुवाउन सुरु गरिएको छ । स्वास्थ्य महाशाखाको आयोजनामा बुधवार पहिलो दिन राप्ती प्रादेशिक अस्पतालबाट सुरु गरिएको हो ।
अस्पतालमा आयोजित कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सवैभन्दा पहिले औषधी सेवन गरि सुभारम्भ गरेकी हुन् । त्यसपछि नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्य, अस्पतालका मेडिकलसुपरी टेन्डन डाक्टर सर्वेस शर्मा, अस्पतालका अन्य कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकारहरु लगाएतले औषधी सेवन गरेका छन् ।यस्तै तुलसीपुरका प्रत्येक वडामा तोकिएको बुथबाट पनि औषधी खुवाउन सुरु गरिएको छ । यो अभियान १८ गते सम्म सन्चालन हुनेछ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया