सवारी दुर्घटनालाई न्युनिकरण गर्न चालकलाई ५१ हजार पुरस्कार अभियान

तुलसीपुर, १५ फागुण । बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागी दाङको एक यातायात व्यवसायी समितिले चालकलाई पुरस्कृत गर्ने अभियान सन्चालन गर्ने भएको छ । राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समिति तुलसीपुरले बर्षभरी सवारी चलाएर एउटा पनि दुर्घटना नगराउने चालकलाई ५१ हजार रुपैया पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यो खवर आजको गोरक्ष दैनिक पत्रिकामा प्रकाशित भएको छ ।
प्रत्येक वर्षमा एउटा पनि सवारी दुर्घटना नगराएका चालकहरुको गोलाप्रथाबाट ६ जना चालकहरुको नाम छनोट गरी उनीहरुलाई उक्त रकम सहित कदर पत्रले सम्मान गरिने भएको छ । समितिको मंगलवार तुलसीपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नियमित सवारी चलाएर एक वर्षमा कुनै पनि सवारी दुर्घटना नगराएका चालकहरुको नाम विवरण समिति मातहतको दुर्घटना उपसमितिले राख्नेछ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया