बालिका बलात्कार गर्ने एक जना दाङमा पक्राउ

तुलसीपुर,१५ फागुन ।

दाङमा बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ अम्बापुर निवासि बर्ष ३१ का सुनिल थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनलाई पिडितको उजुरीको आधारमा प्रहरीले गयराति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापाले मादक पदार्थ सेवन गरी ११ बर्षिय बालिकालाई फागुन १२ गते राती बलात्कार गरेका थिए । थापालाई प्रहरीले जबरजस्ती करणी ऐन अन्र्तगत मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया