‘राजधानी दाङ, नामाकरण लुम्बीनी ’

तुलसीपुर , १४ फागुन ।

प्रदेशको राजधानी दाङ र नामाकरण लुम्बीनी हुनुपर्नेमा तुलसीपुरबासीले जोड दिएका छन् । प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण सम्बन्धी सुझाव संकलन विशेष समिति समक्ष उनिहरुले भौगोलिक, वातावरणीय र सुरक्षाको दृष्टिकोणले दाङ राजधीनका लागि उपयुक्त रहेकोे बताएका थिए ।

संवाद समूह ५ नं. क्षेत्रीय सचिवालयले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभाीले आफना सुझावहरु विगतमा जस्तै रद्यीको टोकरी नफयाँकेर प्रदेश सभा बैठकमा समेत जस्ताको तस्तै लैजानु पर्ने माग गर्दै उनिहरुले सुझाव संकलन कार्यलाई पश्चिम दाङको हापुरे, पूर्वी दाङको देखुरी क्षेत्रमा समेत लैजाँदा सबैको अपनत्व हुने बताए ।

कार्यक्रमा प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण सम्बन्धी सुझाव संकलन विशेष समिति सदस्य निर्मला क्षेत्रीले अहिले हतार गरेर भविष्यमा पछुताउनेगरी निर्ण नगर्ने बताउनुभयो । १२ वटा जिल्लाका सांसदको प्रतिनिधित्व हुनेगरी बनेको विशेष समितिले बढोसुझबुझ जिम्मेवारी बोधका साथ निर्णयमा पुग्ने बताउनुभयो ।

जनताका सुझावमा हस्तक्षेप र केरमेट गर्ने अधिकार नभएको भन्दै समितिका अर्का सदस्य कल्पना पाण्डेले सबै जिल्लाको सुझाव संकलन गरेर प्रतिवेदन तायर पारी पेश गरिने बताउनुभयो । ‘ तपाईका सुझावलाई टिपोट, रेकर्ड र फारममा समेत भरेर लैजान्छौ,’ सदस्य पाण्डेले भन्नुभयो–‘तपाईकै अगाडि लाछाप पनि लगाउँछौ र लैजान्छौ यसमा कुनै दुवीदा मान्नु पर्दैन । ’

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका नेता टिकाराम खड्का, तुलसीपुर उपमहागनरपालिका प्रमुख घनश्याम पाण्डे, तुलसीपुर उद्योगबाणिज्य संघका विरबहादुर रावत, गरिबी निवारण कोषका पूर्व कार्यकारी निर्देशक नहकुल केसी, अधिवक्ता विष्णुमणी धिताल, तुलसीपुर उपमहागनरपालिका सूचना अधिकारी झरेन्द्र खरेल, आदीबासीको तर्फबाट चुर्ण चौधरी, जेष्ठ नागरिकबाट खुमानन्द अधिकारी, अपाङ्गताबाट देवा डाँगी, हुमकान्त कडेल, पत्रकारबो तर्फबाट संगित बस्याल, मज्दुरबाट टोपबहादुर महतारा, शिक्षकबाट भागवत पौडेल लगाएतले आ–आफना धारणा राखेका थिए ।

संवाद समूह ५ प्रदेशको सचिवालय तुलसीपुरका सदस्य रामजी चौधरीको अध्ययक्षतामा भएको कार्यक्रमको सहजीकरण सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया