बाल अधिकारका लागी चेतना फैलाउदै घरघरमा पोष्टर

तुलसीपुर, १३ फागुण । बालविवाह तथा बाल श्रम न्यनिकरण गर्न सन्चालन गरिएको व्यवहार परिवर्तनका लागी सन्चार कार्यक्रमको सोमवार अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको साझेदारी तथा युनिसेफ र सिविसको सहयोगमा कार्यक्रम सन्चालन भएको छ ।
उक्त कार्यक्रम अन्र्तगत साविक तुलसीपुर नगरपालिका १२, १३, १४,१५, १६, १७ , १८, १९, २० गरी ९ वटा वडामा सचेतनामुलक कार्यक्रम सन्चालन भईरहेको केन्द्रका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिएका छन् । बालबालिकालाई श्रममा नलगाउँ,बालश्रम अन्त्य गरौ, बालविवाह रोकौ, जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाउ, नगरौ आज विवाहको कुरा भएको छैन २० वर्ष पुरा जस्ता चेतनामुलक पोष्टरहरु घरघरमा टाँस्ने काम भईरहेको उनले बताएका छन् ।
साविक तुलसीपुर १५ बाट सुरु गरिएको उक्त अभियानमा अहिले सम्म वडाका ४ सय वढि घरमा पोष्टर टाँस गरिएको सामाजिक परिचालक अनिता पुनले जानकारी दिएकी छन् । व्यक्ति, परिवार र समुदायलाई बालबालिकाको अधिकार बारेमा जानकारी दिनका यस्तो अभियान सन्चालन गरिएको कार्यक्रम संयोजक चनाराले बताएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार
प्रतिक्रिया