धार्दिङमा जिपको ठक्करबाट दुई जनाको ज्यान गयो

धार्दिङ,१३ फागुण ।धादिङको गल्छीमा जिपको ठक्करबाट दुईजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका – ५ ताल्चोकमा बा २० च ६२२१ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कान्छी तामाङ र गल्छी – ४ की ३५ वर्षीय जमुना भूजेलको ज्यान गएको हो ।

घटनामा गल्छी – ५ की ३६ वर्षीय धनकुमारी तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।तीनजना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा जीपले ठक्कर दिएको धादिङ्गका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । ठक्कर दिने जिप चालक फरार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार
प्रतिक्रिया