रुकुमको मुसीकोटमा बस दुर्घटना, एक जनाको अवस्था गम्भीर

तुलसीपुर,१२ फागुन ।
रुकुम पुर्वको रुकुमकोटबाट काठमाण्डौ जाँदै गरेको ना. ५ ख ५३८५ नम्बरको यात्रुबाहक बस मुसिकोटमा दुुर्घटना भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित सेरिगाउँमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार घाईते मध्ये १ को अवस्था गम्भीर रहेको छ । सिस्ने गाउँपालिका वडा ५ इश्वरकुमारी बोहरालाइ गहिरो चोट लागेको छ ।बोहरालाई थप उपचारको लागी नेपालगंज लगिएको बताइएको छ । गाडी ब्रेक फेल भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया