राजकीय सम्मानका साथ ओलीको अन्त्यष्टि

तुलसीपुर ११ फागुन / सवारी दुर्घटनामा निधन भएका प्रदेश सांसद उत्तरकुमार ओलीको प्रदेश सरकार स्तरीय राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उहाँको जन्मस्थान दंगीशरण गाउँपालिका–६ बागर नजिकै चिरेघाटखोलामा अन्त्यष्टि गरिएको हो । प्रदेश सरकारको निर्णय अनुसार राजकिय सम्मानका साथ नेपाल प्रहरीले शोक सलामी अर्पण गरेको थियो भने संघिय सभामुख कृष्णबहादुर महरा, ५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल र प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले संयुत्त रुपमा उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउनु भएको थियो । त्यस लगत्तै स्वर्गीय ओलीका छोरा ९ बर्षका प्रणय र ६ बर्षका प्रतिक ओलीले दागवत्ति दिनुभएको थियो । अन्त्यष्टि समारोहमा हजारौ नेता, कार्यकर्ता, जननप्रतिनिधि, आफन्तजन तथा शुभेच्छुक, सुरक्षा निकायका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।
सो अवसरमा शोकसभालाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले उत्तरकुमार ओली सडक सुरक्षा योजना विशेष अभियान संचलन गर्ने बताउनुभयो ।  उहाँको दुर्घटनाबाट शिक्षा लिदै प्रदेश–५ भित्र कसरी सडक दुर्घटनलाई सुरक्षा प्रदान गर्न सकिन्छ र दुर्घटनालाई कसरी कमी गर्न सकिन्छ भन्ने विषयमा कार्यदल गठन गरेर विशेष अभियान चलाउने तयारी गरेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । उत्तरकुमारलाई गुमाएपनि अरु थुप्रै उत्तरकुमार वलीको जीवन रक्षका लागि सडक सुरक्षा योनाको आवश्यकता खड्कीएको उहाँले बताउनुभयो ।
स्वर्गीय ओलीले पश्चिम क्षेत्रको विकासकालागि देखेको सपनालाई अधुरो हुन नदिन प्रदेश सरकारको तर्फबाट आफु प्रतिवद्ध रहेको समेत बताउनुभयो । ‘पश्चिम दाङको विकासमा हरदम चिन्ता गर्नु हुन्थ्यो,’ मुख्य मन्त्री पोख्रेलले भन्नुभयो– ‘उहाँ दाङ आउनु पूर्व पनि मसंग भेटघाट र कुरा गरेर फर्कीनु भएको हो । पश्चि दाङका ३० हजार जनतालाई देखाएको आशा म प्रदेश सरकारको प्रतिनिधिका हैसीयतले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

दुर्घना भएदेखि घाइते ओलीलाई बचाउन र पर्नरजीवन प्रदान गर्न निकै प्रयास गरेपनि अन्तिम क्षेणमा गुमाउदा आफुहरु निकै दुखि भएको भन्दै उहाँले छोटो उमेर जे कमाउनु भयो त्यो सबै जनताका लागि कमाएको बताउनुभयो ।सो अवसरमा प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पश्चिम दाङको होनहार युवा नेताको निधनले पार्टीलाई अपुरणीय क्षेति पुगेको बताउनुभयो ।

पश्चिम दाङको विकासका लागि सधै प्रदेशसभामा आवाज उठाउने र पार्टीका नेता कार्यकर्ताको चिन्ता गर्ने स्वर्गीय ओलीको पार्टीभित्र सधै अभाव खट्की रहने सभामुखले बताउनुभयो । देश र जनताका लागि सधै संर्घष र बलिदान गर्ने व्यक्ती मरेर गएपनि सधै जनताको मनमा बस्ने र अमरत्व प्राप्त गर्ने उहाँले बताउनुभयो । अन्त्यष्टि समारोहमा संघिय सांसद, प्रदेश सांसद, पार्टीका नेता, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

गत माघ २४ गते घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडी सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सांसद वलीको काठमान्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा १६ दिनपछि शुक्रबार विहान ३ बजे निधन भएको हो । सांसद ओली दाङ क्षेत्र ३ को ‘ख’ बाट २०७४ मंसिर २१ गते भएको प्रदेश सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ११ गते शनिवार
प्रतिक्रिया