सांसद वलीको निधनमा दाङ शोकमा, तुलसीपुर सहित पश्चिमका स्थानियतहद्धारा शोक विदा

तुलसीपुर, १० फागुण । दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख बाट निर्वाचित प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले ३ ख अन्तर्गतका वडा कार्यालयहरु शुक्रवार शोकमा वन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सांसद वलीको दुखद् निधन प्रति दुःख व्यक्त गदै क्षेत्र नम्वर ३ ख अन्तर्गत पर्ने वडा नम्वर १, २ ,१० र ११ का वडा कार्यालयहरु शोकमा वन्द हुने जानकारी दिएका छन् ।नगरप्रमुख पाण्डेले १३ दिनसम्म वडा कार्यालयहरुमा शोक पुस्तिका राख्नका लागि समेत निर्देशन दिएको उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिएका छन् ।

यस्तै सांसद ओलीको निधनप्रति बबई गाउपालिकाले शोक बक्तव्य जारी गदै दुख ब्यक्त गरेको छ । बबई गाउपालिका, गाउकार्यपालिकाको शुक्रवार बिहान आकस्मिक बसेको बैठकले सांसद ओलीको दुखद् खबरप्रति बबई गाउपालिका , बबई गाउकार्यपालिका परिवार मर्माहत एबं स्तब्ध भएको भन्दै शोकको यस घडिमा मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेको छ । बैठकले शुक्रबारको दिन बबई गाउपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेकोको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन् ।
यस्तै दङ्गिशरण गाउँपालिकाले दुःख ब्यक्त गरेको छ । शुक्रवार विहान गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा आकस्मिक बैठक बसी गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द हुने निर्णय गरेको गाउँपालिकाका प्रबक्ता विर बहादुर वलीले जानकारी दिएको गाउँपालिकाका प्रेस संयोजक दिप्तीशिखा चौधरीले जानकारी दिएकी छिन् ।
सांसद ओली गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका थिए ।उनको काठमान्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारका क्रममा शुक्रवार विहान ३ बजे निधन भएको थियो । २०५६ मा तत्तकालिन नेकपा एमालेको सदस्यता प्राप्त ३६ बर्षका सांसद ओली एकाएक पाटीराजनीतिमा चर्चामा आएका थिए । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित ओलीको पार्टीको केन्द्रिय नेतृत्व तहसम्म बलियो पकड थियो । ओलीको निधले दाङ यतिबेला सोकमा डूबेको छ ।

घाइते ओलीको टाउको खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । अस्थाई राजधानी बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको ना ५ ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडी एक आपसमा ठोक्किदा उनि गम्भीर घाईते भएका थिए । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको सोही बसले च्यापेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया