सांसद ओलीको शव आजै तुलसीपुर ल्याईने, दाहसंस्कार भोली गरिने

तुलसीपुर,१० फागुन ।
प्रदेश पाँचका सांसद उत्तरकुमार ओलीको निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सांसद वलीको काठमान्डौको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा आज विहान ३ बजे निधन भएको हो ।

उनको शव लाई पार्टी केन्द्रिय कार्यालय काठमाडौमा श्रद्धाञ्जली दिई हेलिकप्टरबाट आजै दिउसो ३ बजे तुलसीपुर ल्याईने मान बहादुर रावतले जानकारी दिएका छन । शवलाई आज साझ एयरपोर्ट नजिक निवासमा राखिने
भोली बिहान तुलसीपुर अञ्चल पार्टी कार्यालयमा राखेर १० बजे दंगिशरण गाउपालीका श्रीगाउ लेटार घरमा पुर्याएर अन्तिम दाहसंस्कार गरिने छ जनाइएको छ । सांसद ओली दाङ क्षेत्र ३ को ‘ख’ बाट गएको प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा अत्याधिक मत लिएर विजयी भएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया