होलेरीमा रुन्टीगढी विकास सम्मेलन हुदै

भरत के.सी. , होलेरी रोल्पा १० फागुन ।
रुन्टीगढी गाउँपालिकाको आयोजनामा आजदेखि रोल्पाको होलेरीमा रुन्टीगढी विकास सम्मेलन हुदैछ । “विकासका लागि साझेदारी“ भन्ने मुल नाराका साथ आज र भोलि गरि दुईदिन सम्म चल्ने सम्मेलनको ऊर्जा जलश्रोत तथा सिचाइ मन्त्री बर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तिनै तहका सरकारको जमघट हुने सम्मेलनमा संघीय सांसदहरु , राष्ट्रिय सभाका सांसदहरु, प्रदेश नं. ५ का मन्त्री र सांसदहरु , प्रदेश नं. ५ योजना आयोगका प्रतिनिधि, विभिन्न जिल्ला समन्वय समिती प्रमुखहरू,स्थानीय तहका प्रमुखहरु,लगाएत सरोकारवालाहरुको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।

सम्मेलनमा गाउँपालिका भित्र रहेका सम्भावित पर्यटन र पूर्वाधारका विषयमा तयार गरिएको कार्यपत्र माथी छलफल हुने र ठोस निर्णय लिने गाउँपालिकाका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक बालाराम बुढामगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया