अल विदा उत्तरकुमार वली !

तुलसीपुर १० फागुन

प्रदेश सांसद उत्तरकुमार ओलीको निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सांसद वलीको काठमान्डौको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा विहान ३ बजे निधन भएको ओलीलाई भेट्न पुग्नु भएका तुलसीपुर उपमहानगरपालिका सचिवालय सदस्य मानबहादुर रावतले जानकारी दिए । सांसद ओली दाङ क्षेत्र ३ को ‘ख’ बाट गएको प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा अत्याधिक मत लिएर विजयी भएका थिए ।

२०५६ मा तत्तकालिन नेकपा एमालेको सदस्यता प्राप्त ३६ बर्षका सांसद ओली एकाएक पाटीराजनीतिमा चर्चामा आएका थिए । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित ओलीको पार्टीको केन्द्रिय नेतृत्व तहसम्म बलियो पकड थियो । ओलीको निधले दाङ यतिबेला सोकमा डूबेको छ ।

घाइते ओलीको टाउको खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । अस्थाई राजधानी बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडी एक आपसमा ठोक्किदा उनि गम्भीर घाईते भएका थिए । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको सोही बसले च्यापेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार
प्रतिक्रिया