तुलसीपुरका भित्री सडकलाई व्यवस्थीत गर्दै

 

तुलसीपुर, ९ फागुन

ब्यबस्थीत बजारका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ले कार्य शुरु गरेको छ । वडा नम्वर ५ का भित्री सडककलाई व्यवस्तीत रुपमा विकास गर्न लागिएको वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिनुभयो ।

झण्डै २ सय ४५ सेन्टीमिटर लम्वाई र २ मिटर चौडाका ६ वटा भित्री डकलाई तुलसीपुरका भित्री बजारको रुपमा विकास गर्न लागिएको हो । बजारको रेखांकन गर्दा नै फोहर ब्यबस्थापनका लागि छुट्याएका भित्री सडकलाई जनसंख्या बृद्धि सगै फोहर फ्याक्ने ठाँउ र दुब्र्यसेनि लगायत अपराधिक समूहले प्रयोजन गर्ने स्थान भई रहेको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अव सडक निर्माण पछि बजारको चहलपहल हुने र ब्यबसायिक केन्द्रको रुपमा विकास हुने अपेक्षा टोलवासीहरुको छ ।

टोलको बिचको उक्त गल्लीलाई २ मिटरको सडक गराउने कार्यलाई तिव्रता दिइएको छ । मापदण्डलाई च्यापी बनाएका भौतिक संरचनालाई भत्काउन सुरु गरिएको निर्माण समितिका संयोजक दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को १० लाख रुपैया र टोलवासीको सहभागितामा २ लाख ५२ हजार गरि १२ लाख ५२ हजार रुपैयाको लागतमा निर्माण कार्य भई रहेको हो ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया