प्रदेशको स्थायी राजधानी र नामाकरणका लागी जिम्मेवारी बाँडफाँड

तुलसीपुर, ८ फागुन ।५ नम्वर प्रदेशको स्थायी राजधानी र नामाकरणको लागी सिफारिस गर्न गठित विशेष समितिले जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्लाका सरोकारवाला पक्षको राय सुझाव लिनका लागी प्रदेशका १२ वटै जिल्लामा जाने गरी प्रतिनिधिहरु खटाईने भएको छ । समितिमा रहेका १५ जना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।
जसमा रुपन्देही र नवलपरासी पश्चिमका लागी सरस्वती गौतम र तेजबहादुर वलीलाई जिम्मेवारी दिईएको छ । यस्तै कपिलवस्तु र अर्घाखाँचीमा तारा जीसी र वैजनाथ कलवार, गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी,दाङ र प्युठानमा निर्मला क्षेत्री,नारायण आचार्य र कल्पना पाण्डे,बांके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरीलाई जिम्मेवारी दिईएको छ । यस्तैगरी रुकुम र रोल्पामा बिरबहादुर राना र दिनेश पन्थी जाने गरी समितिका सदस्यहरुको जिम्मेवारी तोकिएकोे समितिका सदस्य विष्णु पन्थीले जानकारी दिएका छन् । जिम्मेवारी पाएका टोलीहरु फागुन ९ गतेदेखी जिल्लामा खटिनेछन् । उनीहरुले सरोकारवालाहरुको राय तथा सुझाव संकलन गर्नेछन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया