वडाध्यक्ष विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

 

तुलसीपुर,७ फागुन / जन्म दर्ता नबनाई दिएको भन्दै दाङको तुलसीपुरमा वडाध्यक्षका विरुद्ध उच्च अदालत तुलसीपुरमा निवेदन(मुद्दा) परेको छ । तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय भन्ने वीरबहादुर विकले १२ बर्षीया नाबालिका देवी कुमारी डाँगीको जन्म दर्ता बनाउन सिफारिस नदिएपछि उनि विरुद्ध परमादेशको आदेश जारी गरी पाऊ भन्दै अदालतमा निवेदन परेको हो ।

बालिका देवी डाँगी, अशक्त तथा आपाङ्ग आमा, लेमी डाँगी र संरक्षकको तर्फबाट गायत्री डाँगीले वडा अध्यक्ष विक र बालिकाका बाबु तुलसीपुर– ३ निबासी लक्ष्मणबहादुर डाँगीका विरुद्ध परमाददेश आदेशको माग गर्दै उच्च अदालत तुलसीपुरमा माघ २४ गते निवेदन दिएका हुन् ।

बाबुले सहज रुपमा बालिकाको जन्म दर्ता नबनाई दिएपछि सर्वोच्चले फैसला गरेको नाता कायमका आधारमा पिडित पक्ष वडा कार्यालयमा पुगेका थिए ।
तत्तकालिन पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च अदालत तुलसीपुुरले, लक्ष्मण र लेमा लोग्ने स्वास्नी भएकोले निजबाट जायजन्म भएको देवी डाँगी बिच बाबु छोरीको नाता कायम हुने ठहर सहित अंश भराउन फैसला गरेको थियो ।
पुनरावेदन अदालतले पिडितका पक्षमा २०६९ भदौ १८ गते गरेको पैmसलालाई सर्वोच्चले पनि २०७३ फागुन १८ गते सदर गरेको थियो ।

यता वडाध्यक्ष विकले तुलसीपुर उपमहागनगरपालिका–३ निबासी लक्ष्मणबहादुर डाँगीले छोरी हो भनेर अस्वीकार गरेको तथा बोलाउदा सम्पर्कमा नआएको र डि.एन.ए परीक्षण प्रतिवेदनले समेत जैवीक बाबु नठह¥याएकोले नदिएको बताएका छन् ।

‘पिडित पक्षहरु ५ पटकसम्म वडामा धाए,’ वडाध्यक्ष विकले भन्नुभयो– ‘लक्ष्मणलाई, छोरालाई बुहारीलाई बोलाए आएनन् । म आफै सनाखतमा बस्नु भएन । डाँगी आएन, मैलै दिन नसक्नुको कारण सहित सबै खुलाएर लेटरप्याडमा दिएको छु ।’ जन्म दर्ता गराउने काम आफनो नभएको भन्दै पञ्जीकरणले गर्ने भएकाले उल्टै समन्वयकारी भूमिका खेलेर काम गर्दा आरोप लागेको अध्यक्ष विकले बताउनुभयो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया