शितलपुरमा जारी शिवपुराणमा ४० लाख संकलन

तुलसीपुर,७ फागुन ।

तुलसीपुर १२ शितलपुरमा जारी शिव महापुराणमा चालिस लाख भन्दा बढी दान संकलन भएको छ । पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मन्दिर निर्माणार्थ सञ्चालन भैरहेको शिवपुराणमा सोमबार मात्रै नगद ३ लाख ६९ हजार ३ सय ८४ रुपैया नगद दान सकलन भएको आर्थिक समितिका संयोजक हरिहर पौडेलले जानकारी दिएका छन ।

सोमवार तुलसीपुर १२ का सुरेन्द्र गिरि र प्रेम गिरीको दम्पतिले बुवाआमाको स्मृतिमा ३५ हजार ५, तुलसीपुर १२ निवासि वेलमति गिरिले पति र छोराको स्मृतिमा २५ हजार ५, दंगिशरण २ का शालिकराम भण्डारीले १६ हजार १ स ५, तुलसीपुर ११ का उक्तबहादुर वस्नेतले वुवा आमाको स्मृतिमा १५ हजार १ सय ५५ नगद दान गरेका छन ।

शितलपुर शिव महापुराण मुल आयोजक समितिका संयोजक शक्ति कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमाण अध्यक्ष तथा समाजसेवि उत्तम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको विशेष कार्यक्रममा अन्य दाताले पनि सहयोग गरेका थिए ।

महापुराणमा ग्रहजप, विवाह, व्रतबन्ध, लक्ष्यवर्तिका, सत्यनारायणको कथा, तुलादान आदि धर्मिक अनुष्ठान गरिने व्यवस्था मिलाएको आयोजक समितिले जानकारी दिएको छ । महापुराणमा मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सह वाचकमा दुर्गा प्रशाद भुषाल रहेका छन ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया