
धनुषा, ६ फागुन ।
आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो ।
घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । “हत्यारा नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भन्नुभयो ।
प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार