हापुरे-तुलसीपुुर ३३ केभी प्रसारण लाईनको काम सकियो

तुलसीपुर ६ फागुण ।

पश्चिम दाङको च्याटीखोला हापुरे देखी तुलसीपुुर सम्म ल्याउन लागीएको ३३ केभी प्रसारण लाईनको सम्पुर्ण तयारी पुरा भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ । हापुरे देखी कृष्णमन्दिर (गहतेखोला) तथा कृष्ण मन्दिर दुधरास सम्मको ३३ केभी प्रसारण लाईन निर्माणको सम्पुर्ण कार्य सम्पन्न भईसकेको केन्द्र प्रमुख दिपकजंग चौधरीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार यहि फागुन ८ गते उक्त प्रसारण लाईन परिक्षण गरिने हुदा उक्त लाईन निर्माण भएको विद्युतिय संरचनामा नछुन तथा कुनै समस्या देखीएमा कार्यालयलाई जानकारी दिन अनुरोध गरिएको छ । आगामी बुधवारबाट सुचारु हुने उक्त प्रसारण लाईनको विहिवार विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार
प्रतिक्रिया