घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारकोे क्रममा निधन

काठमाडौ, ६ फागुण ।सडक दुर्घटनामा परि घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएको बताईएको छ ।गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किदा दुर्घटना भएको थियो।एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो। कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियोमा सवार बाराका प्रजिअ भट्टराई दुर्घटनामा परि गम्भीर घाइते भएका थिए।तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकोमा उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगीएको थियो।

प्रकाशित मिति : २०७५ फाल्गुन ६ गते सोमवार
प्रतिक्रिया