आमाको सम्झनामा रावत परीवारको ५१ हजार सहयोग

तुलसीपुर,५ फागुन ।

तुलसीपुर १२ शितलपुरमा रहेको शिवमन्दीरमा जारी महायज्ञमा आजसम्म ३६ लाख २ हजार ५ सय १० रुपैया संकलन भएको छ । महायज्ञमा आज मात्रै ३ लाख ४१ हजार १ सय ८६ रुपैया संकलन भएको आर्थिक समितिका संयोजक हरीहर पौडेलले जानकारी दिएका छन ।

मन्दीर जिर्ण बन्दै गएको र अग्लेश्वर महादेवको मुर्ति स्थापना गर्नका लागि थालिएको महायज्ञमा आज सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालीका ११ उरहरी निवासि डिल्ली राज रावत,मालती रावत, भरत राज रावत ,भुमा रावत र मानबहादुर रावत,गोमा रावतले आमा नन्दादेवि रावतको सम्झनामा ५१ हजार १ सय ११ रुपैया सहयोग गरेका छन ।

यस्तै शितलपुर निवासि धनिराम भण्डारी,राम बहादुर भण्डारी, देव बहादुर, र तिलक भण्डारीले ४२ हजार ५ सय ५ ,बखरीया निवासि देविराम कुसारी र नर्मदा कुसारी ३५ हजार ५ सय ५५,तुलसीप्र ५ निवासि जनार्दन शर्माले ३१ हजार ५ सय ५५,उरहरी निवासि ईश्वरी पुनले २३ हजार, तुलसीपुर १२ कपडादेवि निवासि लक्ष्मण पुन र शान्ता पुनले १५ हजार ५ सय १५ रुपैया सहयोग गरेका छन । महायज्ञमा दिन प्रतिदिन भत्तजनहरुको भिड बढ्दै गएको छ । महायज्ञको प्रमुख अतिथि रुपमा तुलसीपुर उपमहागरपालीकाका उपप्रमुख माया आचार्य रहेकि थिईन ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया