चमेरेगुफामा डिपिआर निर्माणका लागी प्रारम्भिक अध्ययन

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ५ फागुण । दाङको तुलसीपुर ४ मुल्कोटमा रहेको चमेरेगुफाको डिपि आर निर्माणका लागी प्रारम्भिक चरणको अध्ययन टि ओ आर सर्बे गरिएको छ । पर्यटकिय स्थलका रुपमा परिचित गुफाको डिपिआर प्रक्रियाका लागी केहि दिन अघि पहिलो चरणको प्रारम्भिक अध्ययनको काम सकिएको डिभिजन बन कार्यालय दाङका रेन्जर नोमराज कडेलले जानकारी दिएका छन् ।
देश संघियतामा जानु अघि पर्यटकिय क्षेत्रको विकास लागी पर्यटन बोर्ड भैरहवाले हेर्ने गरेको थियो ।

तर ५ नम्वर प्रदेश सरकार अन्र्तगत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अहिले डिभिजन बन कार्यालयलाई यसको जिम्मा दिएको रेन्जर कडेलले बताएका छन् । चालु आर्थिक वर्षमा ५ नम्वर प्रदेश सरकारले चमेरेगुफाको लागी २० लाख रुपैया बजेट विनियोजन गरेको छ ।गुफाको डिपिआर निर्माणको सुरुवाती चरणमा प्रारम्भिक अध्ययनको काम सकिएको रेन्जर कडेलले बताएका छन् । गुफाको सम्पुर्ण कार्यसुचीको प्रारम्भिक अध्ययनको प्रतिवेदन आईसकेपछि डिपिआरको लागी सुचना प्रकाशित गरी प्रक्रिया सुरु हुनेछ । ऐतिहासीक महत्व रहेको चमेरेगुफामा विकासको अभावका कारण ओझेलमा परेको गुफा संरक्षण समितिले बताएको छ ।

पर्यटकिय सम्भावना बोकेको गुफामा सवैभन्दा सडकबाटो नै प्रमुख समस्या भएको समितिले बताएको छ ।गुफामा शिव पार्वती मन्दिर, बगैचा, भ्युटावर, मगरगुम्वा, सुकिदह देखी मगरगुम्वा सम्म केवलकार लगाएतका योजनाहरु यो प्रारम्भिक अध्ययनको प्रतिवेदनमा समावेश हुनेमा आफुहरु आसावादी रहेको समितिका अध्यक्ष भुव बहादुर पुनले बताएका छन् ।गुफा अवलोकन गर्न अहिले पनि दैनिक रुपमा मानिसहरु आउने गरेपनि अनय दिनकाृ तुलनामा भन्दा शनिवार र सार्वजनिक विदाको दिन उल्लेख्य संख्यामा आउने गरेको समितिले बताएको छ । यस्तै दाङको पर्यटकिय तथा धार्मिक स्थल पाण्डवेश्वर मन्दिर धारपानीमा प्रारम्भिक अध्ययनको काम सकेर डिपिआरको प्रक्रिया अघि बढेको रेन्जर कडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया