नमस्ते एकता प्रालिको साधारणसभा सम्पन्न

तुलसीपुर ४ फागुन / बढ्दो सवारी दुर्घटना रोक्न ट्राफिक नियमको पालना गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अस्वस्थ प्रतिस्पर्धा, बढ्दो सवारी चाप र तिब्रगतिका कारण दाङमा सवारी दुर्घटनाबाट सर्यौ नागरिकले ज्यान गुमाउनु परेको भन्दै यस तर्फ सबै सजग र सचेत हुनु पर्ने उनिहरुले बताए । नमस्ते एकता यातायात प्राली तुलसीपुरको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै बक्ताले अटो ब्यवसायीलाई ब्यबस्थित बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

सो अवसरमा ट्राफिक कार्यालय तुलसीपुरका इन्चार्ज चन्द्र बहादुर केसीले दाङमा सवारी दुर्घटना कहाली लाग्दो भएको बताउनुभयो । दुर्घटका बिबरण हेर्दा बढ्दो सवारी चाप, मादक पदार्थ सेवन र तिब्र गति प्रमुख कारण भएको भन्दै इन्चार्ज केसीले सवारी सवारी नियम पालना गरे दुर्घटना न्युनिकरणमा टेवा पुग्ने बताउनुभयो । ट्राफिक नियमको पालाना नगरी अटो चलाउदा आफु कारवाही गर्न बाध्य भएको उहाँले विना कारण अरुलाई दुख दिने आफुहरुको मनसाय नभएको उनले प्रष्ट पार्नु भयो ।

प्रालिका अध्यक्ष भानुभक्त भट्राईको अध्यक्षतामा भएको साधारण सभामा तुलसीपुर ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, रेडियो प्रकृति एफ.एमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, प्रालिका सल्लाहाकार द्धोय ईश्वरी प्रसाद गैरै, सुमनकुमार पुन, प्रालिका संस्थापक अध्यक्ष अमर बुढा मगर लगायतले बोलेक थिए ।
सो अवसरमा सचिब प्रशान्त घर्तीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बेद प्रकाश वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सदस्य पुरुषोत्तम रजौरेको स्वागत मन्तब्य बाट सुरु भएको सभाको सहजिकरण टिकाराम बुढाथोकिले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया