अस्पतालको नाम फेरियो, काम फेरिएन

ओपेन्द्र बस्नेत

तुलसीपुर,४ फागुन / दाङको तुलसीपुर स्थित राप्ती अंचल अस्पताललाई राप्ती प्रादेशिक अस्पताल बनाइए पनि भौतिक र जनशक्ति अभाव भने उस्तै छ । अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालका रूपमा विकास गरिए पनि भौतिक संरचना, उपकरण र जनशक्तिका हकमा भने यो अस्पताल पछाडि परेको छ ।
दैनिक दुई सय पचास देखि तीनसयसम्म उपचारका लागि बिमारी आउने गरेका छन । ‘अञ्चलबाट प्रादेशिक अस्पताल त बनाइयो तर जनशक्ति र भौतिक संरचनाको हकमा भने समस्या उस्तै रह्यो,’ प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. शर्वेस शर्माले भने, ‘हामीसँग दरबन्दीअनुसार चिकित्सक अभाव छ जसका कारण हामीले चाहेजस्तो सेवासुविधा दिन सकेका छैनौं ।’
बालरोग विशषज्ञ, नसा तथा हाडजोर्नी बिशषज्ञ, छालारोग विशषज्ञ, एनेस्थेसिया लगाएतका बिशषज्ञ डाक्टरको अभाव छ । १६ जना मेडिकल अधिकृतको दरवन्दी रहेको अस्पतालमा पाँज जना मात्रै मेडिकल अधिकृत छन् ।

जसका कारण आइसियु सेवा, संचालनमा आउन सकेको छैन भने नाम अनुसार त्यही उपचार हुनु पर्नें बिरामी पनि बाहिर रिफर गर्नु पर्ने अवस्था रहेको छ । दरबन्दी अनुसार चिकित्सक भएमा अहिले रिफर हुदै आएका बिरामीको संख्यामा ७५ प्रतिशतले कमी आउने अस्पतालले बताएको छ ।

डाइलासिस, भिडियो एक्सरे, सामान्य एक्सरे र स्मार्ट ल्याब , थाइराईड जाँच लगाएतका अत्याधुनिक उपकरण भएपनि दरबन्दी अनुसार चिकित्सक नहुँदा सोचे अनुसार सेवा प्रभावकारी गर्न नसकेको अस्पतालले बताएको छ ।
‘एउटा डक्टरले १०÷१५ जना बिरामी हेर्नुपर्ने हो । जसले गर्दा नागरिकले सहजै सेवा पाउने थिए । यहाँ त कस्तो छ भने राउण्डीङ पनि उसैले ओपिडीमा ३५ देखि ७० जनासम्म चेकजाँच गर्नु पर्ने पनि उसैले,’ डा. शर्माले भने– ‘अनि डाक्टर समयमा आएन भनेर गाली खानुपर्ने मेसुले ।’

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया