शितलपुरमा जारी शिवपुराणमा १४ लाख संकलन

तुलसीपुर,३ फागुन ।
तुलसीपुर १२ शितलपुरमा रहेको शिवमन्दीरमा जारी महायज्ञमा आज ४ लाख ४३ हजार १ सय १० रुपैया संकलन भएको छ । महायज्ञमा आज सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालीका वाड नम्बर १३ ले ३ लाख सहयोग गरेको आर्थिक समितिका संयोजक हरीहर पौडेलले जानकारी दिएका छन । जस्पुर निवासि भोला बहादुर डागीले १५ हजार २५, कचिला निवासि धु्रव प्रकाश गिरी र शुस्मा गिरीले १५ हजार ५,जस्पुरबाट रुपेन्द्र वली र जयमति वलीले १५ हजार ५,जस्पुर बाट पुष्पा डागीले १५ हजार ५ सहयोग गरेका छन ।

महायज्ञको आज पाचऔ दिन सम्म आउदा जम्मा १४ लाख ५२ हजार २ सय ११ रु्रपैया संकलन भएको छ । जस्मा ६ लाख ५१ हजार २ सय ११ ब्यक्तिगत र वडा ५,वडा नम्बर ११ र वडा नम्बर १३ बाट गरी ८ लाख १ हजार रुपैया संकलन भएको छ । मन्दीर जिर्ण बन्दै गएको र अग्लेश्वर महादेवको मुर्ति स्थापना गर्नका लागि माघ २७ गते देखि सुरु भएको महायज्ञ फागुण ९ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया