बलात्कार गरेको आरोपमा दाङमा प्रहरी हवलदार पक्राउ

तुलसीपुर, ३ फागुन । दाङमा एक प्रहरी हवलदार बलात्कारको आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ ईलाका प्रहरी कार्यालय मझघटुवा फुलवारीमा कार्यरत कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी प्रहरी हवलदार गम्भीर चन्द स्थानिय एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार महिलाले दिएको उजुरीका आधारमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
गएराति १० वजेतिर महिलाको घरमै गएर जवरजस्ती करणी गरेको भनी महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरि थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय तुललसीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिएका छन् । प्रहरी हवलदार चन्दलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । पिडित महिलाको श्रीमान् कामको शिलशिलामा भारतका रहेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया