जाजरकोट बस दुर्घटना: मृतक चार मध्ये दुईको सनाखत

तुलसीपुर,३ फागुन ।

जाजरकोटमा भएको बस दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन । ज्यान जानेमा डोल्पाका मिन बहादुर बोहरा र दैलेखकका हरी बहादुर खत्रि रहेका छन । उनि बसका सहचालक हुन । अरु दुई जनाको सनाखत भएको छैन । दुर्घटनामा परी घाईते आठ जनाको उपचार भैरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको यात्रुवाहक बस विहिवार बेलुका भेरी नदीमा खसेको हो । भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ फाल्गुन ३ गते शुक्रवार
प्रतिक्रिया