रावतको १३औं दिनमा श्रद्धाञ्जली सभा

तुलसीपुर,२ फागुन ।

नेपाल कम्युनिष्ट पार्टीका नेता मानवहादुर रावतले आमा नन्दादेवी रावतको सम्झनामा विद्यालय र मन्दिरलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले तुलसीपुर ११मा रहेको अमर मावि उरहरीमा १ लाखको अक्षयकोष स्थापना गर्ने र सितलपुरमा जारीे महायज्ञमा ५१ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मृतक रावतको १३ औ दिनको पुण्यतिथिका अवसरमा नेकपाले आयोजना गरेको श्रद्धान्जली सभाका क्रममा कान्छा छोरा रावतले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ उरहरीमा आयोजना गरिएको श्रद्धान्जली सभामा वोल्दै नेकपा प्रदेश नम्वर ५ का सचिव जगप्रसाद शर्मा अपारले मृत्यु संस्कारलाई आवश्यकता अनुसार सरलीकरण गर्दै लैजानुपर्ने कुरामा जोड दिएका थिए । उनले संस्कारका नाममा जटिल कुरालाई आत्मसाथ गर्न आवश्यक नरहेको समेत वताएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले नेपाली जनताले सोचे अनुरुप देश परिवर्तनको दिशामा अगाडि वढेको भन्दै कम्युनिष्ट आन्दोलनका लागि योगदान दिनेहरुको मुल्य खेर नगएको वताएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, नेकपामा नेता शोभाराम वस्नेत, नेपाली काँग्रेसका शंकर गिरी,प्रदेश कमिटि सदस्य भिमवहादुर ओली, मेनका पोख्रेल, रामजी चौधरी मिलन, सुर्यवहादुर डाँगी,खुसीराम चौधरी लगायतले मृतक रावतप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेकपाका कार्यदल सदस्य टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपाका नेता सुरामणी वेलवासेले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया