शितलपुरमा जारी महायज्ञमा मेयर पाण्डेले गरे ५१ हजार सहयोग

तुलसीपुर,२ फागुन ।
तुलसीपुर १२ शितलपुरमा रहेको शिवमन्दीरमा जारी महायज्ञमा आज १ लाख ४९ हजार ४ सय ४३ रुपैया संकलन भएको छ । महायज्ञमा आज सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालीका नगर प्रमुख घनश्याम पाण्डेले ५१ हजार १ सय ५१ रुपैया सहयोग गरेको आर्थिक समितिका संयोजक हरीहर पौडेलले जानकारी दिएका छन ।

उनले ब्यक्तिगत रुपमा उक्त सहयोग गरेका हुन । त्यसैगरी हेमनगर निवासि डिल्ली बहादुर बस्नेत र दामोदर बस्नेतले ३० हजार २ सय ५,गरगरुवा निवासि रै बहादुर बस्नेतले ७ हजार १०, शितलपुरमा रहेको सिद्धेश्वर टोल विकास संस्थाले ११ हजार १ सय २१,कचिला निवासि कासिराम परियारले ५ हजार ५५,पर्सेनि निवासि खुमानन्द अधिकारीले ५ हजार ५ रुपैया सहयोग गरेका छन । महायज्ञमा हिजो सम्म ७ लाख १५ हजार ३३ रुपैया संकलन भएको संयोजक पौडेलले बताएका छन ।

मन्दीर जिर्ण बन्दै गएको र अग्लेश्वर महादेवको मुर्ति स्थापना गर्नका लागि महायज्ञ सुरु भएको हो । माघ २७ गते देखि सुरु भएको महायज्ञ फागुण ९ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया