दाङ सहित ४ जिल्ला पन्ध्र बर्षसम्म ढुक्क

तुलसीपुर २ फागनु 

१३३ के.भि क्षेमताको राष्ट्रिय प्रसारण लाइन दाङमा केहि दिनमै जोडिने भएको छ । बाँकेको कुसुमबाट सिधै पश्चिम दाङको च्याँटीखोला स्थित सवस्टेसनमा बर्षौ अघि ल्याइएको १३३ के.भी क्षेमताको राष्ट्रिय प्रसारण लाइन चालीस महिनापछि जोडिन लागेको हो । च्याँटी खोलादेखि तुलसीपुर सम्मको विद्युत लाईन विस्तार कार्य सम्पन्न भएकाले फागुन १२ गते एक कार्यक्रमका बिच उद्घाटन गरेर विद्युतलाई ह्याण्डओभर (हस्तान्तरण) गर्ने निर्माण कम्पनिका साइड सुपरभाइजर लक्ष्मीकुमार बुढाले जानकारी दिए । लाइन विस्तारको काम सकिएकाले च्याँटीखोलादेखि गहते खोला सम्मको ६८ स्थानमा जम्पर (लाइन जोड्ने) र लाइलन चेक गर्ने कार्य मात्रै बाँकी रहेको सुपरभाइजर बुढाले बताए । ‘८/१० वटा पोल गाडिसेकेपछि केहि भाग खाली राखेर फेरी अरु पोल गाड्छौ,’– सुपरभाइजर बुढाले भने –‘ बिचको दुरीलाई जोड्ने कार्यलाई जम्पर भन्छौ ।’
डबल सर्किटमा स्टील ट्यूवलर पोलमा विस्तार गरिएको राष्ट्रिय प्रसारण लाइन एउटा तुलसीपुरको सवस्टेसन र अर्को दुधरास स्थित सोनापुर सिमेन्टमा पु¥याइने छ । सोनापुरकालागि तुलसीपुरको गहतेखोला देखि बबई नदिको किनारैकिनार हुदै पत्रेफाल्ने खोलाबाट ३३ केभिको लाइन विस्तार गरिनेछ ।

२२ महिना अघि काम सक्ने गरी त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इन्जिनिरिङ जेभिले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसंग १० करोड ११ लाखमा सम्झौता भएको थियो । विभिन्न समयमा थम गरिएको समयमा पनि काम पुरा नगरेपछि प्राधिकरणले अन्तिम पटक भन्दै पुनः २०७५ चैत्र मसान्त सम्म म्याद थप गरिदिएको थियो । यता निर्माण कम्पनीले भने स्थानीय र सडकको विवादका कारण समयमै काम गर्न नसकिएको बताउदै आएको थियो । स्थानीय प्रशासन, डिभिजन सडक, र विद्युत प्राधिकरणको सहयोगमा पछिल्लो पटक तोको समयमा काम सम्पन्न गर्न सफल भएको निर्माण सेवाका डाइरेक्टर सागर लुइटेलले बताउनुभयो ।

फागुन २०७३ मसान्त सम्म हापुरे–तुलसीपुर लाइन विस्तारको काम सक्नेगरि २० भदौ २०७२ र भदौ २०७४ मसान्त सम्म तुलसीपुर देखि दुधरास सम्मको काम पुरा गर्नेगरि २६ असाढ २०७३ मा कम्पनीले दोस्रो सम्झौता गरेको थियो । हापुरे देखि तुलसीपुर सम्म ७ करोड र तुलसीपुर देखि दुधरास सम्म ३ करोड ११ लाख रुपैयाँमा काम गर्ने सम्झौता पत्रमा उल्लेख छ । अन्तिम पटक थप गरिएको समयमा पनि काम पुरा नभएको भए प्राधिकरणले कुल बजेटको १० प्रतिशतका दरले बिलम्ब शुल्क जरीबाना गर्ने र सम्झौता समेत तोड्ने मनस्तिमा पुगेको थियो ।

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जले पनि अब छिट्टै लाईन चार्ज गर्ने बताएको छ । लाइन सुचारु गर्ने वित्तिकै दाङ, सल्यान, रोल्पा र रुकमका लाखौ उपभोक्ताहरुले बर्षौ देखि खेप्दै आएको कम भोल्टेजको समस्याबाट मुक्ती पाउने क्षेत्रीय प्रमुख मनोजकुमार सिङले बताए । ‘कन्टयाक्टले काम सम्मपन्न गरिसकेको छ,’ क्षेत्रीय प्रमुख सिङले भन्नुभयो ‘अब १५÷२० दिनपछि लाइन डिम भयो, लोडसेडिङ भयो, प्युज गयो भन्ने जनताको गुनासो सुन्नु पर्दैन ।’ राष्ट्रिय प्रसारण लाइनमा जोडिएमा १५ बर्ष सम्म जति उद्योगधन्दा खुले पनि पुग्ने क्षेत्रीय कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया