बबई गाउँपालिकाको हिउदे अधिबेशनमा एक दर्जन कार्यविधि पेश

अर्जुन परियार, हापुरे १ फागुन ।
बबई गाउपालिकाको आर्थिक बर्ष ०७५÷०७६ को चौथो मंगलवार देखि शुरु भएको छ । गाउँ सभामा बिषय गत समितीका सम्योजकहरुले बबई गाउपालिकाका करिब १ दर्जन कार्यबिधी तथा कानुनहरु सभा समक्ष पेश गर्नु भएको छ ।

सार्बजनिक सेवा तथा क्षमता बिकाश समितीका सम्योजक नन्दलाल ओलिले बबई गाउपालिकामा प्राबिधिक कर्मचारी ब्यवस्थापन सम्बन्धी कार्यबिधी २०७५ र बबई गाउपालिका कर्मचारी छ्नौट कार्यबिधि २०७५ ,सामाजिक बिकाश समितिका सम्योजक टेक बहादुर ओलिले शिक्षक छ्नौट् परिक्षा सन्चालन कार्य्बिधी २०७५ स्वास्थ्य सस्था सन्चालन तथा ब्यबस्थापन समिती कार्यबिधि २०७५ कक्षा ८ को आधारभुत तह उतिर्ण परीक्षा कार्यबिधि र निर्दे्शिका २०७५ र अपांग परिचयपत्र बितरण कार्यबिधि २०७५ सभा समक्ष प्रस्तुत गर्नु भएको छ यसैगरी , पुर्बाधार बिकास समिती का सम्योजक डम्बरबहादुर श्रीसले टोल बिकाश सस्था संचालन कार्यबिधि २०७५ घ बर्गको निर्माण व्यावसायि इजाजत पत्र सम्बन्धी कार्यबिधि २०७५ ,बाताबरण तथा बिपद ब्यबस्थापन समितीका का सम्योजक खडक कवरले गाउपालिकामा बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन गर्न बनेको विधेयक २०७५ छाडा पशु चौपाया नियन्त्रण तथा ब्यबस्थापन निर्दे्शिका २०७५ सभा समक्ष प्रस्तुत गर्नु भएको छ । पेस भएका कार्यबिधिमा आज छलफल हुने बताइएको छ ।

यसैगरि न्यायपालिकामा अहिले भैरहेका गतिबिधीका बारेमा न्यायपालिका सदस्य लिलाधर भण्डारीले जानकारी गराउनु भएको थियो । गाउँ सभामा सभा सदस्यहरुले उठाएका विभिन्न प्रश्नहरुको सभा अध्यक्ष भुबनेश्वर पौडेलले जवाफ दिदै आज बिहान ११ बजे सम्मका लागि सभा स्थगित गर्नु भएको थियो । गाउँसभामा उपस्थित सम्पुर्णलाई गाउँपालिका उपाध्यक्ष साबित्रा बिस्वकर्माले स्वगत गर्नु भएको थियो । गाउँसभाबाट काटमाण्डौमा उपचाररत प्रदेश सांसद उत्तरकुमार वलीको स्वास्थ्यलाभको कामना समेत गरिएको प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार
प्रतिक्रिया